राजगञ्ज: धेरैजना युवाहरूले राजगञ्जमा ब्लड स्टोरेज सेन्टरको मागमा ब्लक स्वास्थ्य अधिकारीलाई एउटा ज्ञापन सुम्पिएका छन्। धेरै महिनादेखि राजगञ्ज ग्रामीण अस्पतालमा ब्लड स्टोरेज युनिटको माग गरिरहेको छ। क्षेत्रका धेरैजना युवाहरूको पहलमा मानिसहरूको हस्ताक्षर संकलन गरेपछि ती संकलित हस्ताक्षर सहित आवेदनपत्र आज स्वास्थ्य अधिकारीलाई सुम्पिएको छ।यदि बिरामीलाई रगतको आवश्यकता परेमा परिवारलाई सिलगढी अथवा जलपाईगढीका विभिन्न ब्लड ब्याङ्कमा जानु पर्ने हुन्छ। धेरैजसो समय बिरामीका आफन्तहरू खाली हात फर्किनु पर्छ। यस्तो स्थितिमा बिरामीको जीवन संकटमा पर्न सक्छ र मृत्यु पनि हुनसक्छ। त्यसैले राजगञ्जका धेरै मानिसहरूले ब्लड स्टोरेज सेन्टरको मागमा हस्ताक्षर संकलन गरेका छन्।