क्याप उम्मेदवार महेश राईको उम्मेद्वारिता खारेज

n6369608841730137872623893de5fc57fe035857e08f2b9cf77ab5be40711954b6476a48fa6c810407a67f

नाम्ची: नाम्ची जिल्लाको नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा प्रस्तावित उपचुनाउको निम्ति एसकेएम र एसडीएफ पार्टीका उम्मेदवारहरूको नामाङ्कन पत्र स्वीकृत भएको छ भने क्यापका उम्मेदवारको नामाङ्कन पत्र खारेज भएको छ। क्यापले महेश राईलाई उम्मेदवार बनाएको थियो। उपचुनाउको निम्ति उम्मेदवारहरूको नामाङ्कन पत्र जॉंच आज नाम्ची जिल्लाका जिल्ला चुनाउ अधिकारीको कार्यालयमा सम्पन्न भयो। जिल्ला चुनाउ अधिकारीले उम्मेदवारहरूको नामाङ्कन पत्र समीक्षा गरिन्। यस क्रममा एसकेएम उम्मेदवार सतिशचन्द्र राई र एसडीएफ उम्मेदवार डानियल राईको नामाङ्कन पत्र स्वीकृति गरियो भने क्याप उम्मेदवार महेश राईको उम्मेद्वारिता खारेज गरियो। प्रस्तावकहरूको अपेक्षित संख्यामा कमीका कारण उनको नामाङ्कन पत्र खारेज गरिएको बताइएको छ।

About Author

Advertisement