अपरेशनको क्रममा भाँचियो खिया परेको कैंची

Screenshot_20241028_220648_Google

काेलकाता: एसएसकेएम अस्पतालमा एक सिजेरियन अपरेशन अवधि खिया परेको कैंची भाँचिएको मामिला अघि आएको छ। यस घटनाको जानकारी डाक्टर रश्मि च्यटर्जीले सोमवार सोशल मीडियामा एक तस्वीर पोस्ट गरी दिइन्।
उनले बताइन्, अपरेशन अवधि उनको हातमै कैंची भाँचियो। डा. रश्मिको भनाइ छ, यो पहिलो पटक भएको होइन, यसअघि पनि अपरेशन गर्दा कैंची र चक्कु भाँचिने घटना घटिसकेको छ।अपरेशन गर्ने क्रममा खिया परेको कैंची अचानक भाँचियो। डाक्टरले तत्कालै अपरेशन थिएटर (ओटी)-की सिस्टर-इन-चार्जलाई यसबारे जानकारी दिइन् अनि भाँचिएको कैंचीलाई हटाएर नयाँ कैंचीले अपरेशन पूर्ण गरिन्। रोगी अनि उसको नवजात शिशु दुवै नै स्वस्थ छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement