क्याप उम्मेदवार पबिनहाङ सुब्बाको उम्मेद्वारिता खारेज

n6369608871730138369226e3bf3cfb29f09ba29174cb56c9cb7a7bdf54138d49242f2931121120a8b44900

सोरेङ: सोरेङ जिल्ला अन्तर्गत सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा हुन लागिरहेको उपचुनाउलाई लिएर आज उम्मेदवारहरूको नामाङ्कन पत्र जॉंचमा सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमका उम्मेदवार पबिनहाङ सुब्बाको उम्मेद्वारितालाई खारेज गरिएको छ।
सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा प्रस्तावित उपचुनाउको निम्ति निम्ति सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम), सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) र क्यापले आफ्ना उम्मेदवारहरू मैदानमा उतारेका थिए। एसकेएमले पूर्व विधायक आदित्य गोले, एसडीएफले प्रेम बहादुर भण्डारी र क्यापले पबिनहाङ सुब्बालाई टिकट दिएको थियो। सीएपी उम्मेदवार सुब्बाको उम्मेद्वारिता जनप्रतिनिधित्व ऐन, १९५१ को सन्दर्भमा आपत्तिहरूको पूर्ण सुनुवाईपछि खारेज गरिएको बताइएको छ। नामाङ्कन पत्रहरूको जॉंच आज जिल्लाका चुनाउ अधिकारी धिरज सुबेदीको कार्यालयमा सम्पन्न गरियो। यस अवधि चुनाउ पर्यवेक्षक राजेन्द्र कुमार वर्मा, एडीसी डीआर विष्ट, एसडीएम सन्नी खरेल, उम्मेदवारहरू, उनीहरूका चुनाउ एजेन्ट र प्रस्तावकहरू उपस्थित थिए। जिल्ला चुनाउ अधिकारीले क्याप उम्मेदवार पबिनहाङ सुब्बाको उम्मेद्वारिता जनप्रतिनिधित्व ऐन, १९५१ को सन्दर्भमा आपत्तिहरूको पूर्ण सुनुवाईपछि खारेज गरिएको जानकारी गराएका छन्। यस निर्वाचन क्षेत्रका लागि अब एसकेएम उम्मेदवार आदित्य गोले र एसडीएफ उम्मेदवार प्रेमबहादुर भण्डारीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। उम्मेदवारहरूले आगामी ३० अक्टोबर दिउॅंसो ३ बजीसम्म आफ्नो नामाङ्कन पत्र फिर्ता लिने सक्नेछन्।

About Author

Advertisement