यसपालीको तिहारमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेको सुझाव

IMG-20241028-WA0276

खरसाङ: यसपालीको तिहारमा देखा परेको अन्योलता विषयमा हिमायलन बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले आफ्नो सुझावहरू राखेका छऩ् यसपालीको तिहारमा कुकुर पुजेर लक्ष्मी पुज्ने नहुने तर गाईलाई पुजेर राती लक्ष्मी पुज्ने चलन रहेको र यो कुरा शास्त्रमा पनि लेखिएको बताएका छन्। उनले यसपाली ३१ अक्टोबरमा कुकुर तिहार रहेको र 1 नोभेम्बरमा गाई पुजेर राती लक्ष्मी पुज्ने अनि भैंलेनी खेल्ने सुझाव दिएका छन्। पेम्बा रिम्पोर्छेले आफु सबै धर्मलाई सम्मान गर्ने बताउँदै यसपालीको तिहारमा निक्कै अन्योलता देखा परेको र यस विषयमा आफ्नो सुझावहरू राखेको बताएका छन्। उनले नेपाली गोर्खालीहरूको महान चाढ़ तिहार रहेको र यसलाई सबैले मनाउने सुझाव राखेका छन्। पेम्बा रिम्पोर्छेले अहिलेघरि तिहारमा अतिक्रमण भईरहेको भन्दै नेपाली/गोर्खालीहरू विश्नमा रहेको सबै जात धर्मलाई नछुट्टाईकन पालन गर्ने र सम्मान गर्ने जाति रहेको बताउँदै विशेष गरेर तिहारमा टोलीले माईतीलाई र माईतीले चेलीलाई पुज्ने परम्परा रहेको बताएका छन्। उनले तिहारमा केही समय यता निक्कै अतिक्रमण भईरहेको बताउँदै धन्तेरस पनि हाम्रो नभएको अनि धन्तेरसमा सकी- नसकी महंगो सामान किन्नुपर्छ भन्ने बाध्यता छैन भनी बताएका छन्। उनले यस अवसरमा आफुले सक्ने कुरा किनेर घरको ‘स’ को लागि राख्ने सुझाव दिएका छन्। उनले तर अहिले धन्तेरसमा मानिसहरू सकी नसकी मूल्यवान चीजबीजहरू किन्न होड़बाजी गर्छन् अनि अझैं अनलाइन सपिङ गर्ने चलन छ भनी बताएका छन्। उनले घरमा ‘स’ को लागि कुनै फुट्ने चीजहरू अथवा सियोसम्म किने पनि हुन्छ भनी सुझाव दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement