बहराइनमा नेपाली महिला टीमले साउदी अरबियालाई टेवल टेनिसमा पराजित गरयो

IMG-20241028-WA0247

काठमांडू: बहराइनको मानामामा चलिरहेको आइएसएफ जिम्नासाइडको टेबुलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबियालाई पराजित गरेको छ। बहराइन नेसनल रंगशाला इसा स्पोर्टसु सिटी हल ‘बी’मा ९ देखि १३औँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबियालाई ४–१ ले पराजित गरेको हो। जितसँगै नेपालले सोमबार ९ देखि ११औँ स्थानका लागि युगान्डा वानसँग खेल्नेछ।
यो खेल जितेमा नेपालले पुनः ९ देखि १०औँ स्थानका लागि खेल्ने अवसर पाउनेछ।नतिजा अनुकूल नआएमा नेपाल ११औँ स्थानमा रहनेछ। महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इंग्ल्यान्ड, अजरबैजान, इटाली र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो। नेपाल इंग्ल्यान्डसँग ४-३, अजरबैजानसँग ५-२, इटालीसँग ५-२ र चाइनिज ताइपेईसँग ७-० ले पराजित भएको थियो। महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलिरहेका छन्। महिलामा नेपालले एकल स्पर्धा गर्न बाँकी छ। पुरुषमा जेविस बुर्लाकोटी र आशिष महताले एकल इभेन्ट बाँकी छ।
नोर्बु फाइनलमा आइएसएफ जिम्नासाइडअन्तर्गत बक्सिङमा नेपाल फाइनलमा पुगेको छ। यू-१८ उमेर समूहको आइएसएफ जिम्नासाइडको पुरुष ८० केजीमुनि युथमा नेपालका नोर्बु थेन्डुप शेर्पा फाइनलमा पुगेका हुन्। यसै इभेन्टमा नेपालका सूर्यान वैद्यले कांस्य जितेका छन्।मंगलबार हुने फाइनलमा नोर्बुको भेट ब्राजिलका रेजेन्डे डी क्रुजसँग हुने प्रशिक्षक दीपक महर्जनले जनाएका छन्। अल अहली क्लबमा भएको सेमिफाइनलमा नोर्बुले बहराइनका अनास अल जलाकीलाई आरएससी (रेफ्री स्टोप कन्टेस्ट)का आधारमा हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement