महिला खो खो लिगमा सहभागी लिइ रहेका छन् सिक्किम खो खो संघ

n6368314931730056237961f96ea49d310852c8634f5c8de4d234dd6083b2e8e15840701e21a7eeba02bd01

गान्तोक: सिक्किम खो खो संघले खेलो इण्डिया पूर्व र उत्तर पूर्व क्षेत्र (सब् जुनियर-जुनियर) महिला खो खो लिग २०२४-२५मा भाग लिइरहेको छ। यस प्रतियोगिताको आयोजना पश्चिम बंगालको पूर्व मिदनापुरस्थित हल्दियामा २७ देखि २९ अक्टोबर, २०२४ सम्म भइरहेको छन्।यस प्रतियोगिताको निम्ति सिक्किमका विभिन्न विद्यालयहरूबाट कुल १३ जना खो खो खेलाडी चयन गरिएको छ। खेलाडीहरू सोमबारिया, रूम्बुक, लिङदोक, पाङथाङ र नाम्ची विद्यालयबाट चयनित भएका छन्। दल प्रबन्धक तिजुहाङ लिम्बू र प्रशिक्षक अमृता विश्वकर्मा रहेका छन्। सिक्किम खो खो संघले अध्यक्ष बीके रोका, महासचिव सावित्री प्रधान र टेक्निकल निदेशक अनुप चक्रवर्तीलाई उनीहरूका अथक प्रयास, निरन्तर समर्थन र मार्गदर्शनका लागि धन्यवाद दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement