राजधानीमा सिक्किम सोलिड्यारेथान हिल म्याराथन

IMG-20241027-WA0241

गान्तोक: भारतीय सेनाको त्रिशक्तिको संयुक्त पहलमा आज राजधानीमा सिक्किम सोलिडेरेथन, हिल म्याराथन आयोजना गरियो। भारतीय सेना र भारतीय नागरिकहरूबीचको सम्बन्धलाई सुदृढ गर्दै सैनिकहरूको बलिदान, वीरता र वीरताको सम्मान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा देशभरिबाट १५ सय भन्दा अधिक धावकहरूले अंशग्रहण गरेका थिए। राजधानीस्थित पाल्जर स्टेडियमबाट शुरू भएको यस प्रतियोगितामा ५ किलोमिटर, १० किलोमिटर र २१ मिटरको दौड रहेको थियो। कार्यक्रममा जीओसी इस्टर्न कमाण्ड लेफ्टिनेन्ट जनरल राम चन्दर तिवारीले धावकहरूले उठाएको प्रत्येक कदम सिमानाको रक्षा गर्ने हाम्रा सैनिकहरूको वीरता र बलिदानको लागि श्रद्धांजलि हुने बताए। एक फिट भारतलाई प्रवर्द्धन गर्न र भारतीय सेना र राज्यका नागरिकहरू बीचको सम्बन्धलाई बलियो बनाउनको लागि यो नयाँ अभियानको हिस्सा हुन पाउँदा सबैले गर्व गर्नुपर्ने बताए। यस प्रतियोगिता अन्तर्गत २१ किलो मिटरमा डिफेन्सका ४० वर्ष भन्दा अधिक उमेरमा राधा कृष्णन प्रथम भएका छन् भने लक्ष्मी कान्त यादव दोस्रो र शंकर तेस्रो बनेकाछन्। सोही प्रकारले पुरूषवर्गमा ४० वर्ष भन्दा कम उमेरमा सिकन्त तेलकारे प्रथम बनेका छन् भने गुल सिंह दोस्रो र कुशल पूर्जा तेस्रो बनेका छन्। सोही प्रकारले २१ किलोमिटरको पुरूषवर्गको प्रतियोगितामा कर्मा शेर्पा प्रथम, साम्दुप भोटिया दोस्रो र पवन ढाकाले तेस्रो स्थान सुरक्षित गरे। क्रमैले ४०-५० वर्षसम्मका पुरूषवर्गको निम्ति आयोजित प्रतियोगितामा बिपिन खवास प्रथम, साम्दुप लामा दोस्रो र अनुप बानियाँ तेस्रो भएकाछन् भने ३०-४० वर्षको प्रतियोगितामा भीके बलियान प्रथम, सुजन लामा दोस्रो र कुनेलान मंगरले तेस्रो स्थान हासिल गरेकाछन्। सोही प्रकारले ३० वर्ष भन्दा कम उमेरकाहरूको लागित आयोजित २१ किलोमिटरको दौडमा भगु प्रजापति प्रथम, सतिश कुमार दोस्रो र रबिन विष्ट तेस्रो भएका छन्। महिलावर्गको निम्ति आयोजित 21किलोमिटरको दौडमा सुमाना देवनाथले प्रथम स्थान हासिल गरेकी छन् भने दिपिका तिवारी दोस्रो बनेकी छन्। कार्यक्रममा खेलकूद एवम युवा मामिला विभागका सचिव एमटी शेर्पा,जिल्लापाल तुषार निखारे लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
प्रमुख अतिथिले समापन समारोहमा सबै विजेता र सहभागीहरूलाई स्मृति चिन्ह र पदक सहभागीहरूलाई प्रदान गरे।

About Author

Advertisement