पार्थिव शरीरको साथमा गोर्खा जनपुस्ताकालय खरसाङमा श्रध्दाञ्जली कार्यक्रम
खरसाङ: खरसाङ क्षेत्रका शिक्षाविद एंव वरिष्ठ समाजसेवी साथै पूर्व शिक्षक सप्तबहादुर प्रधानको आज अन्तिम संस्कार सम्मान र अन्तिम श्रध्दाञ्जलीसहित गरिएको छ। उनको पार्थिव शरीरलाई खरसाङ बजारस्थित घरबाट निकालेर श्रध्दाञ्जली अर्पण गर्नलाई गोर्खा जनपुस्ताकालय खरसाङमा लगिएको थियो। उनको पार्थिव शरीरलाई गोर्खा जनपुस्ताकालय खरसाङको टीएस गुरुङ मञ्चमा राखेर अन्तिम श्रध्दाञ्जली अर्पणसहित श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न गरिएको छ। उक्त श्रध्दाञ्जली कार्यक्रमलाई पुस्तकालयको मूल सचिव विनोद रसाइलीले सञ्चालन गरेका थिए भने वक्तव्यको क्रममा वरिष्ठ नाट्य कलाकार बिनोदप्रकाश शर्मा, पुस्तकालयको वरिष्ठ सदस्य आईएन शर्मा, वरिष्ठ पत्रकार केशव प्रधान आदिले सन्तबहादुर प्रधान विषयमा जानकारी गराएका छन्। वक्ताहरूले उनलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। यसै क्रममा पण्डित तुलसीप्रसाद अधिकारीद्वारा मन्त्रोच्चारण गरी श्रध्दाञ्जली अर्पण गरेका थिए।

श्रध्दाञ्जलीको क्रममा गोर्खा जनपुस्ताकालय खरसाङको उपाध्यक्षद्वय प्रकाश प्रधान र कृष्ण पाण्डेद्वारा श्रध्दाञ्जली अर्पण गरिएको छ। त्यसपछि नेवार जातीय रिति रिवाजमा उनको पूजा अर्चना गरेर श्रध्दाञ्जलीसहित पार्थिव शरीरलाई पुस्कालयबाट निकालेर खरसाङ बजार परिक्रमा गरेर अन्तिम संस्कारको लागि लगिएको छ। बजार परिक्रमा गरिएको समय उनलाई श्रध्दाञ्जली अर्पण गर्दै खरसाङ बजारको सबै दोकानहरू केही समयको लागि बन्द गरिएको थियो। समाजसेवी एंव पूर्व शिक्षक सप्तबहादुर प्रधानको निधन शनिवार बिहान ९० वर्षको उमेरमा भएको थियो। शिक्षाविद् एंव वरिष्ठ समाजसेवी साथै पूर्व शिक्षक सप्तबहादुर प्रधानको जन्म ७ अगस्त १९३५ सालमा भएको थियो। उनले १९५५ सालदेखि १९९५ सम्म शिक्षकको रूपमा कार्य गरेका थिए। उनी पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयको उप प्रधान अध्यापक रहेका थिए। उनले गोर्खा जनपुस्ताकालय खरसाङको सचिवको रूपमा १९६१ सालदेखि १९७३ सालसम्म १२ वर्ष कार्य गरेका थिए। सप्तबहादुर प्रधान र लोकनारायण प्रधानको संयुक्त सम्पादनमा ‘कोशेली’ नामक हस्तलिखित पत्रिका प्रकाशन गरिएको जानकारी प्राप्त भएको छ।

उनको निधन साथै योगदान र आज सम्पन्न श्रध्दाञ्जली अर्पण कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्ताकालय खरसाङको मूल सचिव विनोद रसाइलीले पुस्तकालयको पूर्व सचिव साथै शिक्षाविद् र वरिष्ठ समाजसेवीको निधनमा गोर्खा जनपुस्ताकालय खरसाङको टीएस गुरुङ मञ्चमा उनको पार्थिव शरीरलाई राखेर श्रध्दाञ्जली कार्यक्रम गरिएको जानकारी गराएका छन्। उनले पुस्ताकलयबाट खरसाङ बजार परिक्रमा गरिएको बताउँदै उनको श्रध्दाञ्जली कार्यक्रम साथै शहर परिक्रमा र अन्तिम संस्कारमा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्।