फिट इण्डिया स्वच्छता फ्रीडम रन ५.० सम्पन्न

00-1-Run-2

पाक्योङ: जिल्ला खेलकुद तथा युवा मामिला कार्यालय, पाक्योङले २ अक्टोबरदेखि ३१ अक्टोबरसम्म देशव्यापी रूपमा मनाइँदै गरेको फिट इण्डिया स्वच्छता फ्रीडम रन ५.० अन्तर्गत प्लगिङ रन आयोजना गर्यो। यो दौड सेन्ट जेभियर्स स्कूल ग्राउन्डबाट शुरु भएर अर्क एकाडेमी नामचेबोङ, पाक्योङमा समाप्त भयो। कार्यक्रममा प्रमुख अतिथि रूपमा उपस्थित रहेकी जिल्ला अध्यक्ष श्रीमती लाडेन ल्हामु भुटियाले विद्यार्थीहरू र सर्वसाधारणको जीवनमा फिटनेस र सफाइको महत्त्वलाई जोड दिइन्।

कार्यक्रममा जिल्ला खेलो इण्डिया केन्द्रहरू, सिक्किम पिकलबल एसोसिएसन, पाक्योङ ताई क्वान दो डोजाङ, साई गुरुकुल विद्यालय र जिल्ला खेलकुद तथा युवा मामिला कार्यालयका अधिकारीहरू र कर्मचारीहरूको उत्साही सहभागिता रह्यो। प्लग रनले फिट इण्डिया स्वच्छता रन ५.० को दोहोरो उद्देश्यलाई जोड दिएको थियो, जसमा शारीरिक गतिविधिका लागि दैनिक कम्तीमा आधा घण्टा समय दिने र स्वाच्छ राष्ट्रको प्रतिबद्धता मनाउने कुरा समेटिएको थियो। यसबारेमा  जिल्ला खेलकुद अनि युवा मामिला कार्यालयले प्रेस विज्ञप्तिमा बताएको छl  

  

About Author

Advertisement