साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलमा बंगलादेश फाईनलमा प्रवेश

IMG-20241027-WA0189

काठमांडू: साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानलाई पहिलो सेमिफाइनलमा फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ।
दशरथ रंगशालामा आइतबार सम्पन्न सेमिफाइनलमा बंगलादेशले ७-१ को जित दर्ता गरेको हो। बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्। सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement