काठमांडू :काठमांडू भ्याली ट्राफिक प्रहरी कार्यालय रामशाहपथले फेरि ‘नो हर्न’ अभियान प्रारम्भ गरेको छ। अनावश्यक रूपमा हर्न बजाउने बढेको भन्दै कार्यालयले पुन: अभियान सुरु गरेको हो। पछिल्लो केही दिन यता काठमांडूका चोक-चोकमा ‘नो हर्न’ लेखिएका ‘प्ला कार्ड’ सहित ट्राफिक प्रहरी परिचालन भएका छन्। उनीहरूले सवारी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेका छन । काठमांडू भ्यालीमा २०१७ अप्रैल १३ देखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो।
‘नो हर्न’ लाई अभियानकै रुपमा संचालन गर्दै जनचेतनामूलक गोष्ठी, कार्यक्रम, सचेतनामूलक पर्चा पम्प्लेट वितरण, नो हर्न स्टिकर टाँस्ने लगायत व्यापक प्रचार पसार गरी हर्नको अनावश्यक प्रयोगमा कमी ल्याएको थियो। सुरूवाती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि क्रमश: हर्नको प्रयोगमा केही वृद्धि भए पछि अहिले ट्राफिक प्रहरीले कडाइ गर्न थालेको हो।
सवारी तथा यातायात व्यवस्था ऐन १९८८ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा बजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यवस्था छ। अनावश्यक हर्न बजाएर उत्पन्न हुने ध्वनी प्रदूषणलाई कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमांडू भ्याली ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी डिआईज़ी भरतबहादुर बोहराले जानकारी दिए l
काठमांडू भ्यालीमा गुड्ने करिब १५ लाख सवारी साधनहरूबाट निस्किने धुँवासँगै ध्वनीको प्रदुषणको कारण जनस्वास्थ्यमा ठूलो असर गरेको छ, जसको प्रत्यक्ष मारमा स्वयंम ट्राफिक प्रहरी रहने गरेको डिआइजी बोहराले बताउछन। गतआर्थिक वर्ष २०२३/२०२४ मा अनावश्यक रुपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।