असम: परीक्षार्थीहरूलाई मुख्यमन्त्री डा. हिमान्त बिस्व सरमाले दिए शुभकामना

photocollage_202410100244145

गुवाहाटी: आज ग्रेड फोर असम प्रत्यक्ष भर्ती परीक्षा (एडीआरई)- २०२४ मा सामेल हुने सबै परीक्षार्थीहरूलाई मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुभकामना दिएका छन्।मुख्मन्त्रीले आज सोशल मीडियाको माध्यमबाट भने, गर्वले भन्नु राम्रो हुनेछ कि हामीले एक स्वच्छ एवं निष्पक्ष नियुक्ति गर्ने इतिहास रचेका छौं। उनले भने, रोजगारको क्षेत्रमा गरिएका वाचाहरूलाई हामीले पूरा गरेका छौं। हामी ती वाचाहरूलाई पूरा गरेर फेरि सरकारी नोकरी दिनका लागि तयार छौं। हामी आफ्ना युवाहरूको मुहारमा मुस्कान देख्न चाहन्छौं। पारदर्शी रोजगारको कारणले अब हरेक बेरोजगार युवा सरकारी नोकरीको लागि आवेदन गर्न अघि आएका छन्। उनीहरूलाई मेरो शुभकामना छ।

About Author

Advertisement