सोलु :विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै ९ हजार पर्यटक भ्रमणका लागि पुगेका छन्। गत सेप्टेम्बर अक्टूबरमा ८ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ। जसबाट निकुञ्जले रु दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जले जानकारी दिए। निकुंजका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपालीका लागी रु एक सय, सार्क देशका लागी रु १ हजार ५ सय र अन्य देशका लागी रु ३ हजार प्रवेश शुल्क लिने गरेको छ।
चालु आर्थिक वर्ष २०२४र२०२५ को जुलाई अगस्तमा एक सय २५ तथा सेप्टेम्बर अक्टूबरमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा रु तीन लाख ४५ हजार नौ सय ७५ र सेप्टेम्बर अक्टूबरमा रु. ३२ लाख ३६ हजार ६ सय ९६ राजस्व सङ्कलन भएको निकुंजले बताएको छ।
सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमांडू र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन् भने कतिपय काठमांडूबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन्। फरबरी १ देखि मई १सम्म र सेप्टेम्बर, अक्टूबर, नवंबर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन।’
सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन्। विसं१९७४ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ। पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन्। यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो। सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा राखिएको हो।