सतर्कता जागरूकता सप्ताह पालन गरिने

774129-1727704126195

गुवाहाटी: पूर्वोत्तर सीमा रेलवे (पूसीरे)- ले आगामी २८ अक्टेबरदेखि ०३ नोभेम्बरसम्म आफ्ना सबै मण्डल, कारखाना तथा निर्माण क्षेत्रका एकाईहरूमा ‘सतर्कता जागरूकता सप्ताह’ मनाउने भएको छ।वर्ष २०२४ – को यस जागरूकता सप्ताहको मुख्य विषय सत्यनिष्ठाको संस्कृतिबाट राष्ट्रको समृद्धि रहनेछ।
पूसीरेका महाप्रबन्धक चेतन कुमार श्रीवास्तव औ पूसीरे (निर्माण)- का महाप्रबन्धक अरुण कुमार चौधरीद्वारा क्रमशः महाप्रबन्धक कार्यालय, माली गाउँ औ महाप्रबन्धक (निर्माण) कार्यालय, मालीगाउँ परिसरमा शपथ दिलाइनेछ। पूसीरे परिवारका कर्मचारीहरू सहित सबै मण्डल रेल प्रबन्धकहरूद्वारा आ-आफ्नो सम्बन्धित मण्डलहरूमा यो सप्ताहलाई पालन गरिनेछ। शपथको उद्देश्य क्रियाकलापका सबै क्षेत्रहरूमा सत्यनिष्ठा र पारदर्शिता ल्याउनु हो ताकि कामकाजी परिवेश सहित जीवनको हरेक पाटोबाट भ्रष्टाचार उन्मूलन हुन सकोस्।पूसीरेका सीपीआरओ कपिञ्जल किशोर शर्माले बताए, यस सतर्कता सत्पाह अवधि रेल कर्मचारी तथा आम जनताबीच जागरूकता पैदा गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछ।उनले बताए, रेलवे उच्च माध्यमिक विद्यालय, नेताजी विद्यापीठ हायर सेकेण्डरी, केवी माली गाउँ औ क्षेत्रीय रेलवे प्रशिक्षण संस्थान, अलिपुरद्वारमा स्कूले विद्यार्थीहरूमाझ निबन्ध लेखन, चित्रांकन औ पेन्टिंग प्रतियोगिताको आयोजन गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement