गुवाहाटी: उप राष्ट्रपति जगदीप धनखड़ आज एक कार्यक्रममा हिस्सा लिन गुवाहाटी पुगेका छन्। दिल्लीदेखि विशेष हवाई जाहजमा गुवाहाटी पुगेका उप राष्ट्रपतिको बोरझार स्थित लोकप्रिय गोपीनाथ अन्तरराष्ट्रिय हवाई अड्डामा राज्यपाल लक्ष्मण प्रसाद आचार्य एवं मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले स्वागत गरे।

उप राष्ट्रपति धनखड़ गुवाहाटीको दिसपुर स्थित खानापाड़ा पशु चिकित्सा खेल मैदानमा आयोजित कृष्णागुरू इन्टरनेशनल स्पिरिचुअल यूथ सोसाइटीद्वारा आयोजित २१औं अन्तरराष्ट्रिय सम्मेलनमा मुख्य अतिथिको रूपमा हिस्सा लिन पुगेका छन्।
