उत्तर दिनाजपुर: त्रिकोणात्मक प्रेमका कारण प्रेमीले विष सेवन गरी आत्महत्या गरेका छन्। यस घटनाको विरोधमा मृतकका परिवार र छिमेकीले प्रेमिकाको घरमा गएर विरोध गरे। घटनाले क्षेत्रमा तनाव फैलिएको छ। यो घटना उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थानाको कलानागिन कदमबस्ती क्षेत्रमा शनिबार भएको हो। मृत्यु हुने युवकको नाम अचिन्त्य मजुमदार (२०) बताइएको छ। उनको घर इस्लामपुर पुलिस चौकी अन्तर्गत दारिभिटको कालिगर क्षेत्रमा छ। स्थानीय स्रोतका अनुसार अचिन्त्य मजुमदार पाँच वर्षदेखि सम्बन्धमा थिए। सबै राम्रै चलिरहेको थियो। यसैबीच प्रेमिकाको जीवनमा अर्को साथी आएको स्थानीयको भनाइ छ। यो कुरा थाहा पाएपछि दुवैको सम्बन्धमा तनाव उत्पन्न भएको थियो।
युवतीले मंगलबार बिहान अचिन्त्य मजुमदारलाई फोन गरेर बोलाएकी थिइन्। यसपछि उनले दोस्रो प्रेमीलाई आफूसँगै लिएर पहिलो प्रेमी अचिन्त्यलाई कुटपिट गरेको आरोप छ। घर आएपछि अचिन्त्यले विष सेवन गरेको भनाइ छ। त्यसपछि परिवारले अचिन्त्यलाई उपचारका लागि इस्लामपुर डिभिजन अस्पताल पुर्याए। पछि शनिबार बिहान सिलगढीको एक निजी नर्सिंग होममा उपचारको क्रममा युवकको मृत्यु भयो। मृत्युको खबर फैलिएलगत्तै मृतक युवकका आफन्त र स्थानीयले प्रेमिकाको घरमा गएर कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरे। खबर पाएलगत्तै इस्लामपुर पुलिस चौकी घटनास्थलमा पुग्यो। पुलिसले प्रेकिकाकी आमालाई पक्राउ गरी पुलिस चौकीमा ल्यायो। यता, मृतक युवकका परिवारले इस्लामपुर पुलिस चौकीमा लिखित उजुरी दिएका छन्। उजुरीका आधारमा पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।