दुई वटा वाहन ठोक्किँदा दुइजना व्यक्ति घाइते

Chhetriya-Samachar

फूलबारी: सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत फूलबारीको राधाबाडी क्षेत्रमा गत राति दुई वटा ठूला वाहन ठोक्किँदा दुईजना व्यक्ति घाइते भएका छन्।गुवाहाटीबाट बाँस लिएर एउटा लरी फूलबारी हुँदै हरियाणातर्फ जाँदै थियो। यसैबीच, राधाबाडी संलग्न राष्ट्रिय राजमार्गमा रातको ३ बजे बाँस बोकेको लरीले रोकेर राखेको कोइला बोकेको लरीलाई पछाडिबाट धक्का दियो। उक्त दुर्घटनामा बाँस बोकेको लरीको अगाडीको भाग क्षतिग्रस्त भएको छ। यसको साथै घटनामा चालक र सहायक चालक घाइते भएका छन्। घटनापछि तिनीहरूलाई उद्धार गरेर नजिकको अस्पतालमा पठाइएको छ। घटनाको सूचना पाएपछि न्यू जलपाईगढी पुलिस र फूलबारी हाईवे ट्राफिक पोस्टको पुलिसले घटनास्थलमा पुगेर वाहनलाई उद्धार गरेर सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement