नक्सलबारी:; बकाया मजदुरीको माग गर्दै नक्सलबारी चिया बगानका श्रमिकहरूले आज प्रदर्शन गरे। श्रमिकहरूको आरोप लगाए अनुसार प्रत्येक हप्ता कामको पैसा उनीहरूले ब्याङ्कमार्फत प्राप्त गर्छन्, तर गत दुइ हप्तादेखि उनीहरूको बकाया मजदुरी रोकिएको छ। बारम्बार अधिकारिक निकायलाई जानकारी गराए पनि कुनै समाधान नभएपछि चिया श्रमिकहरूले आज प्रदर्शनमा भाग लिएका छन्। प्राप्त जानकारी अनुसार, लगभग ६०० जना श्रमिकहरूको मजदुरी बकाया छ। श्रमिकहरूको विक्षोभ प्रदर्शनले गर्दा कमानको काम अस्थायी रूपमा रोकिएको बताइएको छ।
यसैबीच, बगानको पक्षबाट जानकारी दिए अनुसार श्रमिकहरूको बकाया मजदुरी ब्याङ्कमा पठाइएको छ। ब्याङ्कको समस्याको कारणले गर्दा नै श्रमिकहरूको ब्याङ्क खातामा पैसा पुग्न सकेको छैन।