क्याप प्रार्थीहरूले पनि भरे नामाङ्कन

photocollage_20241025232931149

गान्तोक: आगामी १३ नोभेम्बरको दिन सम्पन्न हुने नाम्ची सिङ्गीथाङ र सोरेङ च्याखुङ समष्टीको उपचुनाउमा सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप) ले पनि उम्मेद्वारिता दिएको छ। नामाङ्कन भर्ने आज अन्तिम दिन नाम्ची सिङ्गीथाङको निम्ति महेश राई र सोरेङ च्याखुङ समष्टिको निम्ति पबिनहाङ सुब्बाले नामाङ्कन भरे। उल्लेखनीय छ, यसै वर्षको अप्रेल महिनामा सम्पन्न ११औं विधानसभा चुनाउमा सिटिजन एक्शन पार्टी, सिक्किमबाट महेश राई र पबिनहाङ सुब्बा नै सम्बन्धित समष्टिका उम्मेद्वार थिए। यसको साथै नामाङ्कन रद्द भएन तथा फिर्ता गरिएन भने दुवै समष्टिको उप-चुनाउमा त्रिकोणीय भिड़न्त हुने निश्चित भएको छ। सिटिजन एक्शन पार्टी, सिक्किम बाहेक राज्यका दुई प्रमुख पार्टी सिक्किम क्रान्तिकारी मोर्चा र सिक्किम डेमोक्रेटिक फ्रण्टले दुवै समष्टिमा उम्मेद्वारिता दिएको छ। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाले सोरेङ च्याखुङबाट पूर्व विधायक आदित्य गोलेलाई र नाम्ची सिङ्गीथाङबाट सतिश चन्द्र राईलाई टिकट दिएको छ भने सिक्किम डेमोक्रेटिक फ्रण्टले सोरेङ च्याखुङबाट प्रेम भण्डारी र डानियल राईलाई चुनावी मैदानमा उतारेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement