विधायक खरेलले गरे प्रकोप प्रभावित स्थलको निरीक्षण

IMG-20241024-WA0243

गान्तोक: गत वर्षको अक्टोबरमा आएको टिस्टा भलबाढीले पुऱ्याएको क्षतिबारे जानकारी लिने उद्देश्यले आज विधायक सञ्जीत खरेलले प्रभावित स्थलहरूको निरीक्षण गरे। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष दिशा निर्देशनमा गत बर्ष ४ अक्टोबरमा आएको विनाशकारी टिस्टा बाढ प्रकोपले क्षति पुऱ्याएको नामथाङ रातेपानी क्षेत्रका विभिन्न प्रभावित स्थलहरूको आज क्षेत्र विधायक सञ्जित खरेल एवं सिक्किम सरकारको जलस्रोत विभागका अधिकारीहरूले भ्रमण गरी विस्तृत जायजा लिएका छन्। यस अवसरमा जलश्रोत विभागका सचिव एलडी लाम्टा, प्रमुख अभियन्ता दिपक सिंह, संयुक्त प्रमुख अभियन्ता विकास राई, डिभिजनल अभियन्ता विजय तिवारी लगायत एसकेएम पार्टीका वरिष्ठ कार्यकर्ताहरु पनि सामेल रहेका थिए। क्षेत्र विधायक सञ्जित खरेल एवं सम्बन्धित विभागीय अधिकारीहरुले क्षतिग्रस्त स्थलहरू सुम्दाङ मामरिङ, झोलोङगे र समरदोङ बीस माईलको निरिक्षण गरे। टिस्टा नदीमा आएको जल प्रलयले क्षति पुऱ्याएको ठाँऊहरुको पुन: निर्माण हेतु यो निरीक्षण गरिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement