गान्तोक: सामाजिक कार्यकर्ता एवं शिक्षाविद डा. सुनिल प्रसादद्वारा सम्पादित पुस्तक “एरियास अफ् सोसियल वर्क प्रेक्टिस”-को आज मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट विमोचन गरियो। मुख्यमन्त्रीको सरकारी आवास मिन्तोकगाङमा पुस्तक विमोचनको समय मुख्यमन्त्रीका प्रेस सल्लाहकार एवं परी प्रकाशन, सोरेङका अध्यक्ष सीपी शर्माको पनि उपस्थिति रहेको छ। उल्लेखनीय छ, यस पुस्तकलाई प्रतिष्ठित प्रकाशन गृह ब्लूम्सबरी पब्लिकेशन-ले गरेको छ। कुनै भारतीयद्वार सामाजिक कार्यको क्षेत्रमा सम्पादित पुस्तकलाई यस प्रतिष्ठित प्रकाशन गृहद्वारा प्रकाशित यो पहिलो पुस्तक हो। यस पुस्तकमा भारत देशको सन्दर्भमा सामाजिक कार्य कसरी गर्न सकिन्छ भन्ने बारेमा विस्तृत रुपमा चर्चा गरिएको छ।











