रोपवेको आपतकालीन सुरक्षालाई लिएर जिल्ला प्रशासनको पदक्षेप

IMG-20241024-WA0238

गान्तोक: जिल्ला प्रशासनले गान्तोक जिल्लामा सञ्चालित रोपवेको आपतकालीन सुरक्षाको तयारी बढाउने पहल शुरु गरेको छ। जिल्लापाल तुषार निखारेले यस विषयमा मोकड्रिलको योजनामाथि जोड़ दिँदै एक समन्वय बैठक डाके। बैठकमा गान्तोक नगर निगमअन्तर्गत देउराली र स्यारी वार्डका पार्षदहरु कविता प्रधान, छिरिङ नोर्ग्याल, अतिरिक्त जिल्लापलको पनि उपस्थिति थियो। बैठकमा गान्तोक, जिल्ला आपदा प्रबन्धन प्राधिकरणका अधिकारीहरू र सरोकारवालाहरूसँग सम्बन्धित विषयमाथि छल गरिएको थियो। बैठकको प्राथमिक उद्देश्य आगामी २९ अक्टोबरमा देउराली र ८ नोभेम्बरको दिन छाङ्गुमा हुने मोकड्रिलको लागि एक विस्तृत योजना तयार गरिएको थियो। जिल्लापाल तुषार निखारेले पर्यटन र स्थानीय मानिसहरुमा रोपवेको महत्वपूर्ण भूमिका रहेको बताउँदै यसको सुरक्षा समीक्षा जरुरी हुने बताए। यसअवसरमा दामोदर रोपवेका प्रबन्धक संजित सरकारले यसको कार्यक्षमताबारे उल्लेख गरे। उनले यसको सञ्चालनमा संयन्त्र, सुरक्षा सुविधाहरू र मरम्मति कार्यहरू भइरहेको दाबी गरे। यसको उपकरणको तयारी, सञ्चाचलन र विभिन्न विशेषत्ज्ञ एजेन्सीहरूको परामर्श लिएर काम गरिएको जानकारी पनि गराए। सहभागीहरू सम्भावित आपतकालीन स्थितिमा उद्धार प्रक्रियाबारेमा जिज्ञासा राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement