एलोन मस्कको दैनिक १० लाख डलर पुरस्कारको योजनालाई अमेरिकी सरकारले दियो चेतावनी

Elon-Musk-

अमेरिकी न्याय विभागले एलोन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनी पत्र पठाएको छ। अमेरिकी न्याय विभागले ट्रम्पको समर्थनमा एलोन मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको छ। मतदातालाई दैनिक १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा लेखिएको छ। पत्र पठाएको बीबीसी सम्बद्ध सीबीएस न्यूजले पुष्टि गरेको छ। एलोन मस्कको चुनावी अभियानमा पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो। एलोन मस्कको अभियान अमेरिका पीएसीको यो पुरस्कार योजनामा ​​सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई एउटा याचिकामा हस्ताक्षर गर्न अपील गरिएको छ। चुनाव नहुँदासम्म प्रत्येक दिन पिटिशनमा हस्ताक्षर गर्ने व्यक्तिलाई एक मिलियन अमेरिकी डलर दिइनेछ। केही कानूनविद्हरूले यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने पहिल्यै बताएका थिए। १९ अक्टोबमा पहिलो चिठ्ठा चेक पेन्सिलभेनियामा एक कार्यक्रममा एक व्यक्तिलाई दिइएको थियो।

About Author

Advertisement