सुनसरी: विदेशी नागरिकसँग बालविवाह गराउने बाबुसहित आठजनालाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। धनकुटाको छथर जोरपाटी-२ की १६ वर्षकी किशोरीलाई चिनियाँ नागरिकसँग जबरजस्ती बाल विवाह गराउने उनीहरूलाई सुनसरीको चतराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन्।