जिल्ला प्रशासन केन्द्र, पाक्योङमा शुरु भयो ई-अफिस प्रणालीको पायलट चरण

00-1-E-office-1

पाक्योङ: डिजिटल परिवर्तनतर्फको एक कदम अघि बढाउँदै जिल्लाका कलेक्टर रोहन अगवानेले आज डिस्ट्रिक्ट एड्मिनिस्टे्रसन सेन्टर (डीएसी) को सम्मेलन हलमा आयोजित एक सत्रको दौरान ई-अफिस प्रणालीको पायलट चरण औपचारिक रूपमा शुरु गरेका छन्। यो पहल अन्तर-विभागीय समन्वयलाई सुधार गर्न, फाइल व्यवस्थापनलाई प्रभावकारी बनाउन, कागजको प्रयोग घटाउन, र प्रशासनिक प्रक्रियामा पारदर्शिता बढाउन डिजाइन गरिएको छ। उद्घाटन समारोहमा पाक्योङका एडीसी साङ्गे ग्यात्सो भुटिया, एसडीएम (मुख्यालय) थेन्डुप लेप्चा, उपनिर्देशक एलआर एण्ड डीएमडी पाक्योङ कुशल गुरुङ, निर्वाचन विभागका अन्डर सेक्रेटरी र एडी आईटी पाक्योङसहित विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको दौरान, ई-अफिस प्रणालीको पायलट चरणलाई डीएसीका तीन खण्डहरूमा सक्रिय गरिएको थियो, जसमा प्रशासनिक खण्ड, निर्वाचन कोष र आईटी खण्ड सामेल छन्।

कार्यक्रममा सम्बोधन गर्दै पाक्योङका जिल्ला कलेक्टरले आउँदो महिनामा पायलट चरणको प्रगतिको मूल्यांकनपछि अन्य खण्डहरूमा पनि कार्यान्वयन शुरु गरिने बताए। उद्घाटनको शुरुवातमा सूचना प्रविधि विभागका परामर्शदाता देवेन्द्र रत्नपारखीले ई-अफिस प्रणालीको विस्तृत जानकारी औपचारिक प्रस्तुतिकरण मार्फत दिए। उनले यस प्लेटफर्मलाई प्रशासनिक कार्यप्रवाहहरूलाई डिजिटल बनाउने गरी संरचना गरिएको भन्दै विभागहरू बीच फाइलहरूको सहज स्थानान्तरणलाई सुविधाजनक बनाउने र भौतिक कागजी दस्तावेजहरूको निर्भरता कम गर्ने स्पष्ट पारे। यसबाहेक, उनले यसका फाइदाहरूलाई जोड दिए, जसमा पारदर्शिता वृद्धि, जवाफदेहिता बढाउने, उत्पादकत्वमा सुधार गर्ने, डाटा सुरक्षाको सुनिश्चितता, र सरकारी कार्य संस्कृतिलाई वातावरणीय रूपमा दिगो तरिकाले रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने समावेश छ। साथै ई-अफिस प्रणालीका कार्यक्षमताहरूको साथ परिचित गराउन डीएसीका परिचालन कर्मचारी र अधिकारीहरूका लागि व्यावहारिक प्रशिक्षण सत्रहरू संचालन गरियो। -आईपीआर

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement