साफ वुमन्स च्याम्पियनसिपको आजको खेलमा भूटान बिजयी

IMG-20241024-WA0188

काठमांडू: माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।
समूह बी अन्तर्गत बिहीबार दशरथ रंगशालमा भएको खेलमा भुटानको फराकिलो जितमा देकी लाजोमले डबल ह्याट्रिक गरिन्। जितपछि समूह बी मा भुटान ३ खेलबाट ७ अंक जोडेर सेमिफाइनलमा पुगेको हो।
अब आजै हुने घरेलु टोली नेपाल र श्रीलंकाबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। दुई खेलबाट नेपालको ४ अंक छ भने श्रीलंकाको ३ अंक छ। नेपाललाई सेमिफाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ भने श्रीलंकालाई नेपाल विरुद्ध जित निकाल्नैपर्ने आवश्यकता छ।

About Author

Advertisement