सुनसरी: भारतबाट लुकिछिपी ल्याएर बिराटनगर लैजान लागिएकाे १० लाख मूल्य बराबरकाे फूल सहित लाेड गरिएकाे ट्रक सुनसरीका प्रजिअ रामचन्द्र तिवारीकाे सकृयतामा चिमडीबाट नियन्त्रणमा लिइएकाे छ। उक्त फूल बिराटनगर स्थित बरगाछीमा रहेकाे काेल्ड स्टाेरमा भण्डारणका लागि लैजान लागिएकाे थियाे भन्ने प्रारम्भिक जानकारी प्राप्त भएकाे छ। यसरी भारतबाट ल्याइने फूल र मालाले नेपाली फूल व्यवसायी किसानलाई मार्कामा पार्ने गरेकाे छ। तिहार नजिकिँदै जाँदा साे तर्फ सुनसरी प्रशासन गम्भीर भई लागेकाे प्रजिअ तिवारीकाे भनाइ छ “तिहार खुलेर रमाैं,रमाओैं। स्वदेशी फूलकाे प्रयाेग बढाओैं।”