मंगपू गोल्ड कपः सेमिफाइनलमा पुग्न सफल हिमालयन स्पोर्टिंग क्लब

photocollage_20241023228212

मंगपू: मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२४-मा सिक्किमको हिमालयन स्पोर्टिंग क्लबले सेमिफाइनलमा स्थान पक्का गऱ्यो। मंगपू खेल मैदानमा बुधवार भएको म्याचमा हिमालयन स्पोर्टिंग क्लबले आमुक्त परिवार, सिलगढ़ीविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट लिण्डे र इभानले गोल गरे। हिमालयन स्पोर्टिंग क्लबका फरवर्ड आकाशलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा १० वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल क्रमशः २६ र २७ अक्टोबरमा हुनेछ। यसरी फाइनल ६ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा कोषाध्यक्ष सुदर्शन तामाङले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement