मिरिक: मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्र महकुमा अस्पताल बन्ने तय भएपछि हाल निर्माण कार्य भइरहेकाे छ। पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रलाई बढोत्तरी गर्दै महकुमा स्तरकाे अस्पताल बनाउने निर्णय गरेपछि गत वर्ष सिलगढीमा शिलान्यास गरेपछि मिरिक महकुमा अस्पतालको भवन निर्माण कार्य गत वर्षदेखि नै शुरू भए पनि एक वर्षकाे अवधिमा जुन रफ्तारमा अस्पताल भवन निर्माण कार्य हुनु पर्ने थियो त्याे रफ्तारमा नभएर मन्द गतिमा निर्माण कार्य भइरहेकाे धेरैकाे गुनासाे रहेकाे छ। हाल निर्माण कार्यमा सातजना श्रमिकहरू खटिएका देखियाे भने एउटा जेसीभी चलिरहेकाे छ। बर्खाकाे समयमा लगभग तीन महिना काम ठप्प रहेकाे अनि श्रमिकहरू कम्ती रहेकाेले निर्माण कार्य धीमा गतिमा भएकाे बुझिएकाे छ। बर्खाकाे समयमा ढिस्कना झरेर निर्माण कार्य भइरहेकाे ठाउँकाे छेउछाउमा रहेकाे घरहरू पनि जाेखिममा रहेकाे छ। बर्खाकाे समय धीमा गतिमा कार्य भए पनि हिउँदोकाे समयमा द्रुत गतिमा कार्य भए असल हुने धेरैकाे भनाई रहेकाे छ। मिरिकवासीकाे लामाे समयकाे माग स्वरूप मिरिक खण्ड अस्पताल महकुमा अस्पतालमा बढोत्तरी गर्न निर्माण कार्य थालिएकाे हाे। मिरिक महकुमा अस्पताल भवनकाे निर्माण कार्य चाँडाे समाप्त भए मिरिकवासीलाई स्वास्थ सम्बन्धि धेरै लाभ हुने देखिएको छ।