मिरिकमा पाँच दिवसीय पुष्प प्रदर्शनी हुने

IMG-20241023-WA0244

मिरिक: भाैगाेलिक दृष्टिकोणले फूल खेतीकाे लागि उपयुक्त मानिने मिरिकमा युवा फूल उत्पादकहरूलाई प्राेत्साहन गर्न पाँच दिवसीय पुष्प प्रदर्शनी हुने भएकाे छ। मिरिक फ्लाेरीकल्चर साेसाइटीकाे आयाेजनामा आगमी २५, २६, २७ ,२८ अनि २९ अक्टोबरकाे दिन मिरिक एक्युरियम परिसरमा
पुष्प प्रदर्शनी हुने मिरिक फलाेरीकल्चर साेसाइटीका अध्यक्ष भीमकुमार राई, सचिव धिरज राई, काेषाध्यक्ष राजेन राई, सदस्यहरू आनन्द राई अनि विराज राईले बताएका छन्। साेसाइटीका पदाधिकारीहरूले मिरिक महकुमाकाे अधिकांश ठाउँहरूमा फूल खेती गरिने गरेकाे अनि हाल धेरै युवाहरू फूल खेतीमा लागेर बेराेजगारी समस्या समधान गर्न साथै आर्थिक रूपमा सबल पनि बन्दै गइरहेकाे जसलाई अझ प्राेत्साहन प्रदान गरेर फूल खेतीमा अग्रसर गराउने उद्देश्यले पनि तीन दिवसीय पुष्प प्रदर्शनी गरिएकाे बताएका छन्।साेसाइटीका पदाधिकारीहरूले मिरिकमा हुने पुष्प प्रर्दशनीमा मिरिकमा उत्पादित गाेदावरी फूल, अर्ली सिम्बाेडियम अर्किड लगायत अन्य विभिन्न प्रजातिका फूल अनि हाउस प्लान्टहरू प्रदर्शनीमा राखिनेछ जनाएका छन्। साेसाइटीले पुष्प प्रदर्शनीलाई लिएर तयारी गरिरहेकाे छ।

About Author

Advertisement