दार्जीलिङ: दार्जीलिङ भ्रमणमा रहेका कोलकाता निवासी अशोक साधुकारको मंगलवार लामाहट्टा क्षेत्रमा निधन भयो। दुई छोरी, ज्वाइँ र भाइ मिलाएर सपरिवार दार्जीलिङ आइपुगेका ६५ वर्षीय पर्यटक साधुकरको पोस्टमार्टमपछि जीटीए अनि जिल्ला प्रशासनको सहयोगमा उनको पार्थिव शरीर आज कोलकाता पुर्याउने व्यवस्था गरिएको जीटीएको डेपुटी चेयरम्यान राजेश चौहानले बताएका छन्। गत २० अक्टोबर दार्जीलिङ आइपुगेर स्थानीय एक होटेलमा बसिरहेका साधुकर परिवारको आज नै कोलकाता फर्कने कार्यक्रम रहेको थियो।