उपचुनाउको मैदानमा एसडीएफले पनि झार्‍यो उम्मेद्वार

photocollage_2024102323384843

गान्तोक: आगामी १३ नोभेम्बरमा सम्पन्न हुने सिक्किम राज्यको दुई वटा क्षेत्रका उपचुनाउलाई लिएर आज सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले उम्मेद्वारको नाम सार्वजनिक गरेको छ। पार्टीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका निम्ति प्रेमकुमार भण्डारी अनि नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रको निम्ति डानियल राई रहेका छन्। एसडीएफ पार्टीद्वारा चयनित उम्मेदवारहरूले समष्टिका जनताको आवाज मात्र नबनेर सम्पूर्ण सिक्किमे जनताको आवाज बनेर प्रजातन्त्रको रक्षा र लोकहितमा निष्ठापूर्वक भूमिका निर्वाह गर्ने पार्टीले विश्वास व्यक्त गरेको छ। पार्टीले दुवै निर्वाचन क्षेत्रका उम्मेद्वारलाई शुभकामना व्यक्त गरेको छ। दुवै निर्वाचन क्षेत्रका जनताले पनि विपक्षी दल शून्य रहेको विधानसभामा प्रजातान्त्रिक अभ्यास र लोकतन्त्रको आवाजलाई बुलन्द गर्न जनतालाई प्राप्त प्रजातान्त्रिक अधिकारीको सदुपयोग गर्दै निडरतापूर्वक एसडीएफ पार्टीका उम्मेदवारलाई भारीमतले विजयी गराउने पार्टीले विश्वास व्यक्त गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

About Author

Advertisement