सिलगढी महाकुमा परिषदद्वारा विशेष आवश्यकता भएका रञ्जित कुमार दासलाई ट्राईसाइकल प्रदान

IMG-20241023-WA0192

सिलगढी: सिलगढी महाकुमा परिषदले विशेष आवश्यकता भएका रञ्जित कुमार दासलाई ट्राईसाइकल प्रदान गरेको छ। नक्सलबारीको बाबुपाडाका रञ्जित १० वर्षअघि काम गर्ने क्रममा दुर्घटनाको शिकार भएर ओछ्यानमा परेका थिए। लामो संघर्षपछि सिलगढी महकुमा परिषदको प्रतिनिधि टोलीले सिलगढी महकाम परिषदका अध्यक्षसँग सम्पर्क गरी ट्राईसाइकल हस्तान्तरण गरे।

सिलगढी महकुमा परिषदका अध्यक्ष अरुण घोष उपचारका लागि राज्यबाहिर रहेकाले अध्यक्षको पहलमा यो ट्राईसाइकल हस्तान्तरण गरिएको हो। प्रतिनिधि सत्यनारायण गोस्वामीले यो ट्राईसाइकल आगामी दिनमा यातायातका लागि हस्तान्तरण गरिएको बताए। रञ्जित आज खुशी छन्। उनको एउटा सपना साकार भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement