फोनेपेद्वारा २४के डिजिटल गोल्डमा क्यासब्याक अफर घोषणा

IMG-20241023-WA0173

कोलकाता: फोनेपेले यो धनतेरस र दीपावलीमा २४ क्यारेट डिजिटल सुनमा रोमाञ्चक क्यासब्याकको अफर घोषणा गरेको छ। प्रयोगकर्ताहरूले फोनेपे बाट न्यूनतम रु० १५०० मूल्यको डिजिटल सुन खरिद गर्दा रु० २५०० सम्म छुट पाउन सक्नेछन्। यो अफर २९ अक्टोबरदेखि १ नोभेम्बर २०२४ सम्म एक पटकको कारोबारमा (प्रति एक पटक मान्य) प्रयोगकर्तालाई लागू हुन्छ। फोनेपेले आफ्ना प्रयोगकर्ताहरूलाई २X७ घरमै बसेर २४के डिजिटल सुन खरिद गर्ने सुविधा प्रदान गर्दछ। एक पटकको खरिद बाहेक, फोनेपे ले प्रत्येक भारतीयलाई एसआईपी मार्फत डिजिटल रूपमा सुनमा लगानी गर्ने अवसर प्रदान गर्दछ र ग्राहकहरूलाई लामो समयसम्म व्यवस्थित रूपमा लगानी गर्न मद्दत गर्दछ। ग्राहकहरु आफ्नो इच्छा अनुसार डिजिटल सुनमा जुनसुकै रकममा लगानी गर्ने सुविधा पनि उपलब्ध छ। संचित सुन डिजिटल रूपमा प्रयोगकर्ताको खातामा र भौतिक सुनको रूपमा सुरक्षित भल्टमा भण्डारण गर्न सकिन्छ। भण्डारण गरिएको सुन जुनसुकै बेला बेचेर प्रयोगकर्ताले ४८ घण्टाभित्र आफ्नो बैंक खातामा जम्मा गरेको रकम प्राप्त गर्न सक्नेछन्। प्रयोगकर्ताहरूले फोनेपे को प्लेटफर्ममा एमएमटीसी-पीएएमपी, सेफगोल्ड र क्यारेटलेन जस्ता डिजिटल सुन क्षेत्रमा अग्रणी र विश्वसनीय ब्राण्डहरूबाट ९९.९९% शुद्धता-प्रमाणित २४के डिजिटल सुन किन्न सक्छन्। भारतमा १९,०००+ हुलाक कोडहरूमा १.२ करोड भन्दा बढी ग्राहकहरूले फोनेपे प्लेटफर्ममा शून्य मेकिंग शुल्कमा पारदर्शी मूल्यहरूमा उच्च शुद्धता २४के सुन खरिद गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement