सुन्दरहरैंचाका कांग्रेस नेता शाहीको मृत्यु

IMG-20241023-WA0183

मोरंग: नेपाली कांग्रेस मोरङ सुन्दरहरैंचाका नेता तथा साविक नेपाल तरूण दल, सुन्दरपुर गाविस सभापति समेत रहेका कृष्ण शाहीको मृत्यु भएको छ।
सुन्दरहरैंचा-५ घर भएका शाहीको गएराती निधन भएको नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले जानकारी दिए।
नेपाली कांग्रेस सुन्दरहरैंचाका नेता, साविक नेपाल तरूण दल, सुन्दरपुर गाविस सभापति आदरणीय दाई कृष्ण शाहीको अकल्पनीय निधनको खबरले मर्माहत बनाएको छ। तामाङले सामाजिक सञ्जालमा लेखेका छन्।
उर्जावान्, सहयोगी, मृदभाषी व्यक्तित्वको अवसानर्ले सिंगो पार्टीलाई ठूलो क्षति पुर्याएको उनले जनाएका छन । उनको उपचारको क्रममा बिराटनगरस्थित नोवेल अस्पताल मृत्यु भएको हो।

About Author

Advertisement