प्रतिबन्धित नशालु पदार्थकाे साथमा एक पक्राउ

IMG-20240911-WA0024

गान्तोक: सदर पुलिसले एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थकाे साथमा पक्राउ गरेकाे छ। पक्रा पर्ने व्यक्तिकाे नाम, लाेवर सिच्छे निवासी गणेश गुरूङ(३६) बताइएकाे छ।
पुलिस रिपाेर्ट अनुसार, विश्वसनिय सूत्रहरूले एक व्यक्ति लाेवर सिच्छेस्थित एसटीएनएम अस्पताल परिसरमा संदिग्ध अवस्थामा घुमिरहेकाे सूचना दिए। सदर पुलिसकाे एक टाेली कथित स्पटमा पुगेर आराेपी व्यक्तिकाे छानबिन गर्दा १३६ वटा विनस्पास्माे प्राेक्सिवन क्याप्सुल र १६० बाेतल सिरप जफत गरियाे। आराेपी व्यक्ति विरूद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरि जाॅंच शुरू गरिएकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement