जिल्लापाल अगवानेले गरे पैह्रो प्रभावित लोवर बिरिङको भ्रमण

IMG-20241021-WA0262

पाकिम: जिल्लापाल रोहन अगवानेले आज अन्य सम्बन्धित अधिकारीहरूको साथमा पैह्रोग्रस्त क्षेत्र लोवर बिरिङको भ्रमण गरेर क्षयक्षतिको जानकारी लिए। यस भ्रमणको उद्देश्य पैह्रोले गरेको क्षयक्षतिको आकलन गरेर त्यसको पुनर्स्थापना र मरम्मतीको निम्ति आवश्यक पहल शुरु गर्नु रहेको थियो। यस भ्रमणअवधि अन्यहरूको साथमा जिल्लापालको साथमा पाकिमका महकूमा अधिकारीको पनि विशेष उपस्थिति रहेको थियो। भ्रमणअवधि जिल्लापालले पैह्रोको कारण भएको पूर्वाधारहरूको क्षतिको विस्तृत रुपमा जानकारी लिए। विशेष गरेर सड़क मार्गलाई भएको क्षति बारे जिल्लापालले सम्बन्धित अधिकारीहरूबाट जानकारी लिए। यसको साथै अधिकारीहरूलाई क्षेत्रमा यातायात पुनर्वहालीको निम्ति शीध्र पहल गर्ने आदेश पनि दिए। यस सम्बन्धमा उनले पीएमजीएसवाईका अधिकारीहरूलाई चाँड़ो सड़क मरम्मतीको निम्ति लाग्ने लागतको आँकड़ा तयार पार्ने अपील गेरका छन्। जिल्लापालले पैह्रोको कारण सिर्जना भएको प्रतिकूल स्थितिलाई ध्यानमा राखेर स्थानीय तुलसी घिमिरेको घर खालि गराउने महकूमा अधिकारीलाई आदेश दिएका छन्। घिमिरेको जमीन पैह्रोको धेरै नजिक रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement