विनोद खनाललाई ‘असम जातीय विद्यालय सम्मान’

IMG-20241021-WA0266

गान्तोक: संस्कृतिका साधक विनोद खनालसँगै जतीन गोस्वामी, प्रदीप बरूवालाई “असम जातीय विद्यालय सम्मान” अनि नाटक परिचालक तथा अभिनेता हेमन्त दत्तलाई असम जातीय विद्यालय फेलोशिप प्रदान गरिने भएको छ। असम जातीय विद्यालयको शैक्षिक र सामाजिक न्याशले आज गुवाहाटी प्रेस क्लबमा पत्रकार भेलालाई सम्बोधन गर्दै उक्त घोषणा गरेको हो। आगामी २७ अक्टोबरका दिन एक भव्य कार्यक्रमबीच सम्मान प्रदान गरिने भएको छ। गोर्खा समाजका एक वरिष्ठ कलाकार, साहित्यकार असम निवासी विनोद खनाललाई असमको प्रतिष्ठित जातीय विद्यालय संगठनले सम्मान गर्ने निधो गरेको हो। असम सरकारले उनलाई अगावै कलाश्री सम्मानद्वारा अलङ्कृत गरिसकेको छ। संस्कृति, कला, साहित्य साथै असमको अन्य जनगोष्ठीका भाषा-साहित्य, कला, लोककला, गीत, नृत्यमा परिपक्व प्रशिक्षकका रुपमा परिचित खनालको योगदानलाई ध्यानमा राखेर उक्त सम्मान अर्पम गरिने जानकारी गराइएको छ। विद्या भारती परिवारले खनालको उक्त उपलव्धिमाथि खुशी प्रकट गर्दै पूर्वोत्तर भारतमा उनले बनाएको पहिचानबारे सराहना गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement