एकीकृत मालेले नेता भीम रावल माथि स्पष्टीकरण सोधे पछि अछाममा कार्यकर्ता ब्दारा बिरोध प्रदर्शन

IMG-20241021-WA0211

अछाम: नेकपा एकीकृत मालेले नेता भीम रावललाई स्पष्टीकरण सोधेपछि उनको गृहजिल्ला अछाममा एकीकृत मालेको निर्णयविरुद्ध विरोध प्रदर्शन भएको छ। एकीकृत मालेका नेता तथा कार्यकर्ताहरूले रावलको बचाउ गर्दै सोमबार विरोध प्रदर्शन गरेका हुन्।
एकीकृत माले सचिवालय बैठकले नेता रावल पार्टीको नीतिविरुद्ध गएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। रावलका साथै सचिवलाय बैठकले स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई पनि स्पष्टीकरण सोधेका छ।
भाटभटेनीका मालिकले एकीकृत मालेलाई पार्टी कार्यालय निर्माणका लागि अर्ब पर्ने जग्गा दिन गरेको विषयमा यी नेताहरूले आपत्ति जनाएका थिए। त्यसपछि एकीकृत मालेले सचिवालय बैठकबाटै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
सोमबार अछाममा विरोध प्रदर्शनमा उत्रिएकाहरूले सो जग्गा फिर्ता गर्नसमेत माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement