गुवाहाटी: हरियाणा विधानसभा चुनाउ अवधि सह-प्रभारीको रूपमा सफलतापूर्वक काम गरिसकेका मनोज चौहानलाई अब असमको जिम्मेवारी सुम्पिइएको छ।मध्य प्रदेशको सिधी जिल्ला निवासी मनोज चौहानको कंग्रेसमा आगमन राहुल गान्धीको ट्यालेन्ट हन्टको माध्यमबाट भएको थियो। प्रदेश कंग्रेसका नेताहरूले मनोज चौहानलाई सह-प्रभारी नियुक्त गरिएकोमा प्रसन्नता व्यक्त गरेका छन्।











