ग्वालपाड़ा: ग्वालपाड़ा जिल्लाको रंगागढ़ क्षेत्रमा एउटा जंगली हात्तीलाई मृत अवस्था भेटिएको वन विभागले जानकारी दिएको छ। रंगागढ़ क्षेत्रमा स्थानीय मानिसहरूद्वारा जंगली हात्तीलाई मृत अवस्थामा देखिएको जानकारी पाउनसाथ वन विभागको टीम घटनास्थलमा पुग्यो।
पशु चिकित्सकहरूले हात्तीको शवको पोस्टमर्टम गरेपछि घटनास्थलको नजिकै हात्तीलाई दफानाइयो। जंगली हात्तीको मृत्यु कसरी भयो, अहिलेसम्म थाहा लाग्न सकेको छैन। वन विभागको भनाइ छ, पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको साँचो कारण पत्तो लाग्नेछ।











