असम: सड़क दुर्घटनामा परेर एकजनाको मृत्यु

IMG-20240621-WA0012

नगाउँ: राष्ट्रिय राजमार्ग-३७ मा गए राती भएको भीषण सड़क दुर्घटनामा परी एकजना व्यक्तिको मृत्यु भएको छ। यसै दुर्घटनामा परेर अर्को एकजना घाइते भए। यो दुर्घटना लग्जरी वाहनले नियन्त्रण गुमाएर डिभाइडरमा ठोक्किँदा भएको हो।
नगाउँदेखि कलियाबर तर्फ गइरहेको रेनल्ट ट्राइबर (एएस ०२ एक्यू ९२५८) मिसामा पुगेपछि फोर-लेन सड़कको डिभाइडरसित ठोक्कियो। वाहन डिभाइडरसित ठोक्किएर पल्टियो जसले गर्दा वाहनमा आगो समेत लाग्यो। स्थानीय मानिसहरूले आगोलाई निभाएर वाहनबाट दुईजना मानिसहरूलाई बचाए अनि उनीहरूलाई कलियाबर अस्पतालमा पुऱ्याए। अस्पतालमा पुग्दा डाक्टरहरूले एकजना घाइतेलाई मृत घोषित गरिदिए। मृतकको पहिचान यो समाचार लेखुञ्जेलसम्म हुन सकेको थिएन। घाइतेको पहिचान रञ्जीत बोराको रूपमा भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement