काेलकाता: धर्मतलामा जुनियर डाक्टरहरूको ‘अमरण अनशन’-ले सोमवार १७औं दिनमा प्रवेश गरेको छ। आज साँझ नवान्नमा मुख्यमन्त्री ममता ब्यनर्जी र जुनियर डाक्टरहरूका प्रतिनिधिहरूमाझ एक महत्वपूर्ण बैठक हुन गइरहेको छ।
बैठकमा डाक्टरहरूका १० सूत्रीय मागहरूलाई लिएर चर्चा गरिनेछ जसमा केही मागहरू पूरा गर्नको लागि तीन-चार महिनाको समय मागिएको छ।डाक्टरहरूले गए आइतवार राज्यका मुख्य सचिव मनोज पन्तलाई ई-मेलको माध्यमबाट जानकारी गराए, उनीहरू यस बैठकमा सामेल हुनेछन्, तर अनशनलाई त्यसबेलासम्म पनि जारी राखिनेछ जबसम्म बैठकमा कुनै ठोस निर्णय हुँदैन। यसपूर्व गत शनिवार मुख्य सचिव स्वयं अनशनस्थलमा पुगेर फोन मार्फत डाक्टरहरूको मुख्यमन्त्रीसित कुरा गराएका थिेए।
मुख्य सचिवले डाक्टरहरूसित दशजना प्रतिनिधिहरूको नाम पठाउन भनेका थिए, तर आइतवार पठाइएको ई-मेलमा कसैको नाम बताइएको छैन। डाक्टरहरूले यतिमात्र जानकारी गराएका छन्, उनीहरू बैठकमा सामेल हुनेछन्।डाक्टरहरूले आफ्नो ई-मेलमा मुख्यमन्त्रीद्वारा समय दिइएकोमा आभार व्यक्त गर्दै आफ्ना दस सूत्रीय मागहरूलाई पुनः दोहोऱ्याएका छन्। यद्यपि बैठकपूर्व अनशनलाई समाप्त गर्ने शर्तलाई मान्न भने अस्वीकार गरेका छन्। बैठकपछि नै यसमाथि कुनै निर्णय लिइनेछ।











