महिला टी२० वर्ल्ड कप च्याम्पियन न्यूजील्याण्डलाई २.३ मिलियन डलरको पुरस्कार राशि

IMG-20241021-WA0204

दुबई: महिला टी२० वर्ल्ड कपको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गरी खिताब जित्ने न्यूजील्याण्ड क्रिकेट टीमलाई पुरस्कार राशिको रूपमा २.३ मिलियन डलर (लगभग १९.३३ करोड़ रुपियाँ) प्राप्त भयो अनि यो राशि खेलाड़ीहरूबीच बाँड़िनेछ। यसरी कीवि टीमका प्रत्येक सदस्यको हिस्सामा लगभग १५५००० डलर (लगभग १.३१ करोड़ रुपियाँ) गरेर पर्नेछ। लामो समयदेखि पुरुष खेलाड़ीहरू झैं वित्तीय समानता हासिल गर्न संघर्ष गरिरहेको महिला क्रिकेट टीमकी सदस्यहरूका निम्ति यो ठूलो रकम हो। क्रिकेटको सबैभन्दा छोटो प्रारूपको वर्ल्ड कपमा न्यूजील्याण्डको खिताबी जीत अप्रत्याशित रह्यो। टुर्नामेण्टको अभ्यास म्याचमा दक्षिण अफ्रिकालाई पराजित गर्न अघि न्यूजील्याण्डले लगातार १० वटा टी२० अन्तर्राष्ट्रिय म्याच हारेको थियो। यसपाली यूएई-मा भएको महिला टी२० वर्ल्ड कपमा चाहिँ न्यूजील्याण्डले लीग चरणमा भारत, श्रीलंका र पाकिस्तानलाई पराजित गऱ्यो जबकि अष्ट्रेलियाविरुद्ध चाहिँ टीमले हारको सामना गर्नु परेको थियो।
न्यूजील्याण्डले सेमिफाइनलमा वेष्ट इण्डिजलाई पराजित गरेको थियो। यसरी दक्षिण अफ्रिकाले ६ पल्टको च्याम्पियन अष्ट्रेलियालाई पराजित गरी फाइनलमा प्रवेश गरेको थियो। दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको फाइनलमा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १५८ रनको चुनौतीपूर्ण स्कोर बनायो। न्यूजील्याण्डबाट अलराउण्डर एमिलिया केरले ३८ बल खेलेर ४ वटा चौकाको साथ सर्वाधिक ४३ रन बनाइन्। यसबाहेक ब्रूक हेलीडेले ३८ र सुजी बेट्सले ३२ रन बनाइन्। जवाफमा दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो। कप्तान लौरा वूल्भार्टलाई छोड़ेर अन्य कसैले उल्लेखनीय योगदान दिन सकिनन्। दक्षिण अफ्रिकी कप्तानले २७ बल खेलेर ५ वटा चौकाको साथ ३३ रन बनाइन्। ब्याटको साथ उत्कृष्ट प्रदर्शनपछि एमिलिया केरले बलिंगमा पनि ३ विकेट हासिल गरिन्। यसबाहेक रोजमेरी मायेरले पनि ३ विकेट लिइन्। कप्तानको रूपमा सोफी डिवाइनको यो न्यूजील्याण्डको तर्फबाट अन्तिम म्याच थियो। उनले बेट्सको साथमा २००९-देखि अहिलेसम्म आयोजित जम्मै ९ वटा टी२० वर्ल्ड कपमा खेलेकी छन्। न्यूजील्याण्डले २००९ र २०१०-को पहिलो दुईवटा संस्करणमा पनि फाइनलमा स्थान बनाएको थियो अनि दुवै अवसरमा उनीहरूले अष्ट्रेलियाविरुद्ध हारको सामना गर्नु परेको थियो। न्यूजील्याण्डकी एमिलिया केरले प्लेयर अव् द म्याच र प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार जितिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement