नेपालले अमेरिका विरूद्धको तीन खेलको टी-२० सिरिज अन्तिम खेलअघि नै जित्यो

IMG-20241020-WA0100

काठमांडू: आइतबार विहान दोस्रो खेलमा अमेरिकालाई सुपर ‌ओभरमा पराजित गर्दै नेपालले सिरिज जितेको हो। यसअघि नेपालले पहिलो टी-२० १७ रनले जितेको थियो। अब अन्तिम टी-२० भोलि बिहान हुनेछ।
सुपर ओभरमा नेपालले केवल ३ रनको लक्ष्य पाएको थियो।जसमा नेपालका कुशल भुर्तेल र कप्तान रोहित पौडेल ब्याटिङ हुँदा अमेरिकाका सौरभ नेत्रभाल्कर बलिङमा थिए। पहिलो बलमा रोहितले एक रन लिए। दोस्रो बलमा कुशलले एक रन नै लिए। तेस्रो बलमा रोहितले रन लिएनन्। चौथो बलमा एक रन भए पछि नेपालले खेल जित्यो।
आइतबार अमेरिकाको टेक्सासस्थित डलासमा भएको खेलमा दुवै टोलीले समान स्कोर बनाएपछि खेल सुपर ओभरमा गएको थियो।
पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रननै जोडेपछि खेल सुपर ओभरमा गएको थियो।

About Author

Advertisement