बागडोग्रा: बागडोग्राको काडोपानी चिया बगानमा एक व्यक्तिको झुण्डिएको लाश फेला परेको छ। मृतकको नाम गौराङ कीर्तनिया रहेको छ। उनी मालदाका बासिन्दा थिए र बागडोग्राको प्रमोदनगरमा आफ्नो जेठो दाजुको घरमा बस्थे।आज बिहान मर्निङ वाक गर्ने क्रममा उक्त व्यक्तिको लाश स्थानीयले देखेको बताइएको छ। यसपछि पुलिसलाई खबर गरिएको थियो। खबर पाएलगत्तै बागडोग्रा पुलिस घटनास्थलमा पुगेर लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाइएको थियो। मृतकका जेठा भाइले किन यस्तो कदम चालेको हो भन्न नसकिने बताए। बागडोग्रा पुलिस थानाले घटनाको सम्पूर्ण अनुसन्धान सुरु गरेको छ।











