प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बाघडोगरा एयरपोर्टको नयाँ टर्मिनलको आधारशिला राख्ने

IMG-20241019-WA0132

दार्जीलिङका सांसद राजू विष्टले कार्यक्रम स्थलको निरीक्षण गरे

सिलगढी: प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बाघडोगरा एयरपोर्टको नयाँ टर्मिनलको आधारशिला राख्ने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भर्चुअल कार्यक्रममा सामेल भएर उक्त आधारशिला राख्ने कार्यक्रम रहेको छ। यो कार्यक्रम सिलगढ़ी संलग्न कावाखाली मैदानमा आयोजना हुने भएको छ। यस क्रममा यसै सिलसिलामा आज दार्जीलिङका सांसद राजू विष्टले कार्यक्रम स्थलको निरीक्षण गरेका थिए। आज बिहान कावाखाली मैदानमा आइपुगेपछि सांसद राजु विष्टले कार्यक्रम स्थलको ध्यानपूर्वक जायजा लिएको जानकारी प्राप्त भएको छ। यस अवधि उनले भने, शहरवासीहरूको सपना पूरा हुन गइरहेको छ। प्रधानमन्त्री मोदीले भोलि बागडोगरा एयरपोर्टको नयाँ टर्मिनलको भर्चुअली आधारशिला राख्नुहुनेछ। नयाँ एयरपोर्टको जीर्णोद्धारको लागी लगभग १ हजार ५ सय ४० करोड़ रुपियाँ खर्च हुनेछ।’

नयाँ अन्तरराष्ट्रिय हवाईअड्डा ७० हजार, ४ सय वर्ग मीटरको हुनेछ। यस हवाईअड्डामा सबै आधुनिक सेवाहरू उपलब्ध हुनेछ। यो हवाईअड्डा बनिएपछि छिमेकी राज्यहरूलाई पनि फाइदा पुग्नेछ। यसको साथै पर्यटनको क्षेत्रमा पनि तीव्रता आउनेछ। भोलिको कार्यक्रममा पार्टी कार्यकर्ता अनि समर्थकहरू सहित उत्तर बंगालका भाजपा सांसद एवं विधायक लगायत नेतागण पनि उपस्थित रहनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement