मनिता प्रधानले छोडिन् एसडीएफ

IMG-20241017-WA0271

गान्तोक: सिक्किमको राजनीतिमा पचीस वर्षसम्म सत्ता हाँक्ने सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको धरातलीय स्थिति दैनन्दिन खुम्चिँदै गइरहेको छ। गएको विधानसभा चुनाउ 2024 मा नराम्रो घतले पराजित भएपछि पार्टीका शीर्ष नेतृत्वहरुले पार्टी त्याग्ने कार्य जारी छ। यही क्रममा पार्टीमा धेरै लामो समयसम्म खाँबोका रुपमा बसेर काम गर्दै आएकी वरिष्ठ पार्टी सदस्य मनिता प्रधानले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्रमा सक्रिय राजनीतिक गतिविधिबाट पछि हट्ने इच्छा व्यक्त गर्दै पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिएको जिकिर गरेकी छन्। एकपटक विधायक अनि पन्चायत अध्यक्षसमेत रहेकी प्रधान एसडीएफ पार्टीको उच्च पदमा आसीन थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement