बन्द लङ्भ्यु चियाबारी खोलाउन र रहल रुपियाँ भुक्तान विषयमा भागोप्रमो र गोरामुमोको ट्रेड युनियनको संयुक्त सभा सम्पन्न

IMG-20241017-WA0240

खरसाङ: लङ्भ्यू चियाबारीका श्रमिकहरूको रहल बोनस लगायत अन्य बाँकी रूपियाँ दिलाउने साथै लङ्भ्यु चियाबारी खेलाउने पहल गर्नलाई लङ्भ्यु चियाबारीमा भागोप्रमो अनि गोरामुमो साथै दुवै राजनैतिक पार्टीको ट्रेड युनियनहरूको संयुक्त सभा सम्पन्न भएको छ। उक्त सभा सन्तमेरिज तीन ग्राम पञ्चायतको प्रधान साथै भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको संयोजक मणिराज डुम्जनको अध्यक्षतामा सम्पन्न भयो। सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले सञ्चालन गरेका थिए। सभामा गोरामुमोको पक्षबाट खरसाङ ब्राञ्च अध्यक्ष निमा लामाले सम्बोधन गर्दै १६ प्रतिशत बोनसको एडभाईजरी विषयमा प्रष्ट पारेका छन्। उनले लङ्भ्यु चियाबारीको अवस्था सोचनीय बनेको बताउँदै बगानको कार्यालयम़ अघि बसेको अनशन आन्दोलनको एक भाग रहेको र यस अनशनलाई पूर्ण समर्थन छ भनी बताएका छन्। निमा लामाले अब बागन खेलाउन झट्टै पहल गरिनुुपर्छ भन्दै यसको लागि वार्ताद्वारा नै समाधान हुने कुरामा विश्वास व्यक्त गरेका छन्। सभालाई सम्बोधन गर्दै मनोनित सभासद प्रणाम रसाईलीले लङ्भ्यु चियाबारीको समस्या जटिल बन्दै गईरहेको बताउँदै लङ्भ्यु चियाबारीको प्रबन्धकले १६ प्रतिशतको बोनसको एडभाईजरीलाई राम्ररी नबुझी स्थानीय प्रतिनिधिहरूसित सर सल्लाह नगरी १० प्रतिशत बोनस हालिदिएकोले सो समस्या सिर्जना भएको बताएका छन्। रसाईलीले बन्द लङ्भ्यु चियाबारी विषयमा जीटीए प्रमुख अनित थापालाई विस्तृत जानकारी गराइएको बताउँदै लङ्भ्यु चियाबारी खोलाउने हाम्रो जिम्मेवारी हो भनी श्रमिकहरूलाई विश्वास दिलाएका छन्। सभालाई लङ्भ्यु चियाबारीको सप स्टाफ भीमराज थिङ्ग, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको लङ्भ्यु चियाबारी शाखाको सभापति नितु तामाङ र सभाध्यक्ष मणिराज डुम्जन आदिले पनि सम्बोधन गरेका थिए। सभामा गोरामुमोको ट्रेड युनियन एचपीडब्ल्युयुको खरसाङ ब्राञ्च कमिटीको सचिव बीरेन्द्र छेत्री साथै भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ साथै लङ्भ्यु चियाबारी युनिटको
प्रतिनिधिहरू साथै निर्वाचित पञ्चायत समिति सदस्य पञ्चायत सदस्यहरू पनि उपस्थित रहेका थिए। सभामा यहाँका श्रमिकहरूको हक र अधिकार दिलाउन अब प्रतिनिधिहरू कलकत्तासम्म जाने निर्णय पनि लिइएको छ।सभामा वक्ताहरूले लङ्भ्यु चियाबारीको विभिन्न समस्याहरू साथै बगानमा मालिक पक्षले टाँसेको सस्पेन्स नोटिस विषयमा चर्चा परिचर्चा गर्दै बगान खोलाउन पहल गरिने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। उक्त सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमोको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement